गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन

आजभोलि

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ ।

अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिव, गृहमै अतिरिक्त समूहमा रहेकालाई पदस्थापन तथा सरुवा गरिएको हो । त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको प्रजिअ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको प्रजिअ बनाइएको छ ।

त्यस्तै, कञ्चनपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई डोटीको प्रजिअमा सरुवा गरिएको छ । उता मकवानपुरका प्रजिअ राजेन्द्र पाण्डेलाई सिरहाको प्रजिअमा सरुवा गरिएको छ । सिरहाका प्रजिअ भोजराज खतिवडालाई खोटाङ पठाइएको छ ।

त्यस्तै, डोटीकी प्रजिअ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रजिअ बनाइएको छ । त्यस्तै खोटाङका प्रजिअ सूर्य सेढाईंलाई मकवानपुरको प्रजिअ बनाइएको छ । त्यस्तै रोल्पाका प्रजिअ परमानन्द घिमिरेलाई काभ्रेको प्रजिअ बनाइएको छ ।

कारागार कार्यालय मोरङमा गृह मन्त्रालयका कृष्णबहादुर खड्कालाई सरुवा गरिएको छ भने रामेछापका सहायक प्रजिअ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरिएको छ । त्यस्तै जाजरकोटका सहायक प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई कास्कीको सहायक प्रजिअ बनाइएको छ । त्यस्तै काभ्रेको सहायक प्रजिअ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै काठमाडौँका विभिन्न कार्यालय त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग तथा कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौँबाहिर सरुवा गरिएको छ । उहाँहरुको अवधि पुगेको र सुगममा बसेकालाई काठमाडौँ बाहिर पठाइएको मन्त्रालयले जनाएको छ ।

 

  • १ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !