सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग

आजभोलि

काठमाडौँ । सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन् ।
सङ्घीय संसद, प्रतिनिधिसभाको आजको वैठकमा उहाँले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्, सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्”, उनले भने ।

सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरे । “सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनले भने ।

त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताए । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उनले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएको बताए ।

“खोजी जारी छ तथापी पनि भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी बेपत्ताको खोजी गरोस्”, उनले भने ।

सांसद अशोककुमार चौधरीले विपत्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिए । उनले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त गरे । उनले पीडितको    हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे ।

  • ३ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !