बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन

आजभोलि

काठमाडौं । पूर्वाधार विकास समितिले देशभर बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले बाढीपहिरामा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उद्धार गरी उपचारको प्रबन्ध गर्न र विस्थापित परिवारको गाँस, बासको उचित व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिका सभापति लालवीर चौधरीले क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका भौतिक संरचनालाई तत्काल मर्मतसम्भार गरी अवरुद्ध सडक सञचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए ।

कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुमलगायतका जिल्लामा अविरल वर्षाका कारण बाढी पहिराले मानवीय क्षतिका साथै सडक, पुल, बेलीब्रीज विविध विकास आयोजना र मानव बसोबास क्षेत्रमा ठूलो क्षति भएका सम्बन्धमा समितिले ध्यानाकर्षण प्रकट गरेको हो ।

  • ४ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !