योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली

आजभोलि

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपालमा विस्तार योग विलिन भएर गएको भन्दै योगमा फेरि जागरण आएको र उत्थान गरेर अगाडि लैजान आवश्यक रहेको बताए । नेपालको अहिलेको स्थितिलाई परिवर्तन गर्नका लागि सङ्कल्प, तपस्या र ध्यान आवश्यक रहेको बताए ।“बिना सङ्कल्प, बिना तपसया, बिना ध्यान मुलुकलाई परिवर्तन गर्न सकिँदैन”, उनले भने, “सङ्कल्प, ध्यान र तपसया गरेपछि विचार आउँछ र सोही विचारले मुलुकलाई परिवर्तन गर्नुपर्दछ ।”

अध्यक्ष ओलीले योगको विकास नेपालमा भएकाले योगको भूमि नेपाल रहेको बताए । उनले योग जीवन स्वास्थ्यका लागि आवश्यक रहेको भन्दै योगको सैद्धान्तिक र व्यावहारिक पक्षको पनि अभ्यास गर्न आग्रह गरे ।

मानव जीवनलाई सुखी बनाउने कुरामा गौतम बुद्ध, जैन, ऋषिमुनिले चिन्तन गर्दै गएको र अन्त्यमा पतञ्जलिले योगलाई अगाडि सार्ने काम गरेको उनको भनाइ थियो । अध्यक्ष ओलीले शिष्य, गुरु बनाउने तथा शिक्षा र ज्ञानको प्रारम्भ योगबाट नै भएको बताए ।

उनले पुराना मन्दिरमा पनि योग देखिने गरेको बताए । “योग दर्शनमा महिलालाई सर्वव्यापी भनेको छ । पुरुषचाँहि स्थिर भनेको छ । योगमा महिलाको स्थान र महत्त्वलाई धेरै माथि राखिएको छ”, उनले भने । उनले स्वस्थ हुनका लागि उपयुक्त आसन र प्रायाणममा अभ्यास गर्नुपर्ने बताए । योगले जता तान्छ त्यतैतिर जानुपर्दछ भन्दै आचरण एकातिर योग अर्कोतिर गर्न नहुने उनको भनाइ थियो ।

  • ६ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !