पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

आजभोलि

काठमाडौँ । अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उनको चाहना छ । त्यसैले उनी छनौटमा विशेष ध्यान दिन्छिन् । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा छिन् ।

यसमा उनले रेडियोकर्मीको भूमिका निर्वाह गरेकी छिन् । “मेरो पात्रको नाम आव्या हो । उनले आत्मनिर्भर हुँदा पनि परिवारको रोजाइमा विवाह गरेकी हुन्”, उनले पात्रको बारेमा जानकारी दिइन्, “यद्यपि परिवार र समाजको कारणले आफूभित्र रहेका असन्तुष्टिलाई दबाउँदै विवाहित जीवनलाई निर्वाह गरिरहेकी छन् ।”

सुरज पाण्डेको पहिलो निर्देशकीय चलचित्रमा अभिनेत्री मास्के ‘बोल्ड’ देखिएकी छिन् । उनलाई यो भूमिका प्रस्ताव आउँदा डर पनि लागेको थियो । “किनकि हामी कहाँ बोल्ड दृश्यको चर्चा धेरै हुन्छ । मैले उक्त पात्रलाई निर्वाह गरे पनि त्यो प्रश्न मलाई नै आउँछ । त्यसैले अभिनय गर्ने सहमति दिनु अगाडि धेरै सोचेकी थिएँ”, उनले भनिन् ।

उनलाई ‘बोल्ड दृश्य दिएको ?’ भन्ने पनि छन् तर, अभिनेत्री मास्के पर्दामा देखिएकी आफू नभई ‘आव्या’ रहेको बताउँछिन् । उनी चलचित्रमा वैवाहिक जीवनबाट दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिँदै छिन् ।

अविवाहित भएकाले पात्रलाई जीवन्त बनाउन उनले केही अनुसन्धान पनि गरिन् । विवाहित महिला अन्यप्रति आकर्षित हुनुको कारण बुझेर मात्र चलचित्रको पात्रलाई प्रस्तुत गर्न मानसिकरूपमा उनी तयार भएको बताइन् ।

“चलचित्रमा हाम्रो समाजको एउटा पाटोलाई देखाइएको छ । यो कथालाई पर्दामा ल्याउँदा केही बोल्ड दृश्य पनि छन्, तर ती कलात्मक शैलीमा छायाङ्कन गरिएको छ”, अभिनेत्री मास्केले भनिन् । उनले यो भूमिकालाई निर्वाह गर्ने सहमति दिनुमा निर्माण टिम पनि कारक छ । किनकि निर्माण समूहसँग विश्वास भएन भने ती दृश्य अस्वाभाविक र अपाच्य लाग्न सक्छ तर, मलाई टिमसँग विश्वास थियो ।”

उनले पात्रका विषयमा छायाङ्कन अगावै गरिने कार्यशालामा पूर्णरूपमा स्पष्ट भएको बताइन् । उनले निर्माण समूहसँग काम गर्नुमा ‘पशुपति प्रसाद’ जस्ता चलचित्र निर्देशन गरेका दीपेन्द्रकुमार खनालद्वारा लिखित कथा रहेको कारण बताइन् ।

“निर्देशक खनालसँग काम गर्ने इच्छा थियो । समाजकै घटनालाई काल्पनिक पात्रमार्फत प्रस्तुत गर्न किन हिच्किचाउने भनेर आफैँलाई सम्झाएर आव्या बन्न तयार भएँ”, अभिनेत्री मास्केले भनिन् । चलचित्रमा उनीसँगै अभिनेता कोसिस क्षेत्री, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

  • ६ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !