सांसदको नाम प्रधानमन्त्रीले नै बिर्सिए

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै प्रश्न सोध्ने सांसदको नाम बिर्सिएका छन् ।

आज शुक्रबार बसेकाे प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जना सांसदको नाम बिर्सिएका हुन् ।

सांसदको नाम बिर्सिएपछि प्रधानमन्त्री दाहालले सांसदलाई पुनः नाम सोधेका थिए । उनले सांसद अञ्जनी श्रेष्ठ र अम्बिका खड्काको नाम बिर्सिएका हुन् ।

उनले सुरूमा बोल्ने श्रेष्ठलाई नचिनेपछि सोधे‘ अहिले भर्खरै बोल्ने माननीय सदस्यको नाम सोध्नुपर्ने भयो।’ त्यसपछि सभामुख देवराज घिमिरेले नाम अञ्जनी श्रेष्ठ रहेको बताए । पुनः उनले दोस्रो सांसद खड्काको नाम पनि बिर्सिए। भर्खरै बोलेको सांसदको नाम बिर्सिएपछि संसदमा हाँसो गुञ्जिएको थियो ।

उनले भने, ‘सभामुख महोदय फेरि नाम भनि दिनुपर्यो। गडबड खायो।’ त्यसपछि सभापति देवराज घिमिरेले सांसदको नाम अम्बिका बस्नेत रहेको बताए। प्रधानमन्त्री प्रचण्डले सात नम्बरको प्रश्न नरहेकाले सांसद खड्कालाई दोस्रो पटक प्रश्न सोध्न आग्रह गरे ।

उनले भने, ‘माननीय सदस्य फेरि प्रश्न भनिदिन म अनुरोध गर्दछु। मेरो तयारीमा केही कमजोरी रहेको देखियो,’ ।

  • ८ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !