नेप्से आज ३५ अङ्कले घट्यो

आजभोलि

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको छ ।

हिजो मङ्गलवार झन्डै ५७ अङ्कले बढेको नेप्से आज घटेर दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ । आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर छ अर्ब रुपैयाँ नजिक पुगेको छ ।

आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज इन्ग्वा हाइड्रोपावर, खप्तड लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किक लागेको छ ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !