पेट्रोलियम पदार्थको मूल्य घट्यो

आजभोलि

काठमाडौं । आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपाल आय निगमले पनि मूल्य घटाउने निर्णय गरेको हो ।

आज सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेलमा क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले  कम गरिएको छ  ।

निगमले मूल्य घटाएसंगै अब पेट्रोल प्रतिलिटर रु. १६७.५ देखि १७० मा पाइनेछ ।  । जसमा पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।

त्यस्तै, एल,पी ग्याँसको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन् । ग्यासँको मूल्य प्रतिसिलिन्डर रु. १८०० पुरानै मूल्यमा कायम छ ।

 

 

  • १८ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !