नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

आजभोलि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता शेयर रू तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भएका छन् ।

नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू १८ करोड ५६ लाख ४२ हजार एक सय २१ बराबरको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक शेयर रू १६ करोड ९७ लाख ५२ हजार छ सय, हिमालयन लाइफ इन्स्योरेन्स रू १५ करोड ३६ लाख ८३ हजार चार सय २८, सिटी होटल रू १४ करोड ७३ लाख ६१ हजार नौ सय ४५, सोल्टी होटल रू १० करोड ६९ लाख नौ सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी नौ दशमलव ८५, जोशी हाइड्रोपावर नौ दशमलव ३३, पिपल्स पावरका लगानकर्ताले सात दशमलव ६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर पाँच दशमलव ६७, सिनर्जी पावर चार दशमलव ६२, बिपीडब्ल्यू लघुवित्त चार दशमलव ४० र कालिका पावर कम्पनीका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !