कतिले दिए कुथेली बुखरी स्मल हाइड्रोको आईपीओमा आवेदन ?

आजभोलि

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपिओमा ११ लाख ८ हजार २ सय ३२ जनाको आवेदन दिएका छन् । कुथेलीले यहि असार २६ गतेदेखि आईपीओ निष्काशन खुला गरेको थियो ।

आइपिओमा आज साँझ ५ बजेसम्म आवेदन दिने अन्तिम दिन थियो । लिमिटेडको १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपियाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको जनाएको छ ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !