राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

आजभोलि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन् ।

समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा इनले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताए ।

विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहनुभएका उनले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताए । उनले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अँगालेका शक्ति र पार्टीलाई आग्रह गरेका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्नुपर्ने उल्लेख गर्दै समाजवाद न्याय, समानता र सबै जनताको समृद्धिको अभियान भएको बताए । उनले शिक्षा क्षेत्रमा पनि दलाल पूँजीवादको दबदबा रहेकाले त्यसका विरुद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाज सुधारको प्रमुख आधार नै शिक्षा भएकाले त्यसमा सुधारको जरुरी रहेको बताए । उनले पछिल्ला दिनमा सबैभन्दा बढी समस्यामा परेको र ध्वस्त भएको क्षेत्रका रूपमा शिक्षा नै भएकाले त्यसमा आमूल परिवर्तन जरुरी रहेको बताए ।

शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने अध्यक्ष यादवको भनाइ छ । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएको विकृति अन्त्य गर्नैपर्ने उहाँले आवश्यकता औँल्याए । उनले समाजवादका लागि गुणस्तरीय शिक्षा जरुरी रहेको उल्लेख गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले धेरै समस्या र उल्झनलाई छिचोलेर सङ्घीय शिक्षा विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न लागिएको बताए । उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि सो विधेयकले महत्त्वपूर्ण योगदान गर्ने र शिक्षकको समेत समस्या समाधान हुने बताए ।

मन्त्री राईले आफ्नो प्राथमिकता उच्च शिक्षाको छाता विधेयक रहेको बताए । उनले संविधानले मौलिक हकका रूपमा दिएको धेरै विषयवस्तुलाई कार्यान्वयनमा लैजानु जरुरी रहेको र त्यसमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको स्पष्ट पारे । शिक्षामन्त्री राईले समाजवादको आधार तयार पार्नका लागि युवा विद्यार्थीले जोसमा होस राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेकपाका स्थायी समिति सदस्य उमा भुजेलले विभिन्न आन्दोलन र विद्रोहको जगमा अगाडि बढ्न लागेको नेपाली विशेषताको समाजवादलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । नयाँ ढङ्गले समाजवादलाई अगाडि बढाउनु जरुरी रहेको स्पष्ट पार्दै उनले पूँजीवादले समेत त्यसको केही आधार राखेर अगाडि बढिरहेको बताए ।

  • १४ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !