महानगरसँग सामान सार्न राप्रपाद्वारा ३५ दिनको समय माग

आजभोलि

काठमाडौं । काठमाडौं महानगरपालिकालाई आफ्नो केन्द्रीय कार्यालय खाली गराउन ३५ दिनको समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले लिखित पत्र बुझाएको छ ।

आज महानगरमा पुगेर राप्रपाका केही नेताहरुले प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।

तर,महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने बताएका छन् । गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको दाबी छ ।

घर भत्काउनुपर्ने विषयमा भने राप्रपाका नेताहरु पनि सहमतिमा आएको स्रोतले जनाएको छ । महानगरले राप्रपालाई लिखित पत्र भने अहिलेसम्म दिएको छैन ।

आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगरप्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगरप्रहरीहरु बालेनको आदेश पर्खेर बसिरहेका छन् । टोलीको नेतृत्व नगर प्रहरी प्रमुख राजु पाण्डेले गरेका छन् ।

  • १५ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !