ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने

आजभोलि

काठमाडौँ । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप भोलिदेखि हुने भएको छ ।

अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । यसमा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरी पाँच–पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

छात्र तथा छात्रातर्फ समान २६–२६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक राष्ट्रबाट आठ–आठ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको हैसियतले नेपाली खेलाडीले एक विधामा तीन खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट दुई खेलाडीले स्पर्धा गर्न पाउनेछन् ।

ब्याडमिन्टन एसियाका विकास व्यवस्थापक थानाबालन अरिकृष्णनले एसियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के–कस्ता कार्यक्रम हुनुपर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

  • ३२ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !