सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार

आजभोलि

मुम्बइ । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले देश र विश्वको बक्स अफिसमा धमाका मच्चाइरहेको छ । रणबीर कपुरले फिल्ममा आफ्नो दमदार अभिनयका साथ थिएटरमा धुम मचाएका छन् । उनको यसअघि कहिल्यै नदेखेको अवतार हेर्न दर्शकहरु थिएटरमा भिडिरहेका छन् ।

योसँगै ‘एनिमल’ मा पनि नोटको वर्षा भइरहेको छ । फिल्मले रिलिज भएको ३ दिनमै दुई सय करोडको आँकडा पार गरेको थियो । सोमबारको टेष्टमा पनि फिल्म शीर्ष स्थानमा रहेको छ । यहाँ जानौँ ‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार कति करोडको व्यापार गरेको छ ?

जसरी ‘एनिमल’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ, त्यो हेर्दा यो फिल्म इतिहास रच्ने दिशामा अघि बढिरहेको छ भन्न सकिन्छ । यो फिल्म रणवीर कपुरका लागि सपनाको फिल्म बनेको छ ।

अभिनेताको करियरको सबैभन्दा ठूलो ओपनर हुनुका साथै यो फिल्मले शाहरुख खानको ‘जवान’ अर्थात् रिलिज भएको तीन दिनमै भारतमा बक्स अफिसमा सबैभन्दा तीव्र गतिमा २०० करोडको आँकडा पार गर्ने कीर्तिमान पनि बनाएको छ । अहिले यो फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

एनिमल’को कमाईको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन ६३.८ करोडको कलेक्सन गरेको थियो । दोस्रो दिन शनिबार फिल्मले ६६.२७ करोड कमाएको छ । तेस्रो दिन अर्थात आइतबार ‘एनिमल’ ले ७१ करोड ४६ लाख रुपैयाँ कमाएको छ । अब फिल्म रिलिजको चौथो दिन सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आइसकेको छ ।

प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार ३९.९ करोड भारु कलेक्सन गरेको छ । जससँगै  ‘एनिमल’को चार दिनको कुल कमाई २४१.४३ करोड पुगेको छ ।

  • १९ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !