एसिया कप क्रिकेट : नेपालद्वारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत

आजभोलि

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालले २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनायो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन ।

नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिए । उनले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिए । भारतल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

  • २६ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !