काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

आजभोलि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

महानगरले खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीका साथै सार्वजनिकस्थलमा धूमपानमा प्रतिबन्ध लगाएको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए । उनले सुर्तीजन्य पदार्थको बिक्री गरेको पाइएमा महानगर प्रहरीले ती पदार्थ जफत गरी सम्बन्धित बिक्रेतालाई कानुनी कारबाही गरिने बताए ।

यसअघि महानगरले आजदेखि लागु हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री तथा धूमपानमाथि प्रतिबन्ध लगाइएको सार्वजनिक सूचना जारी गरेको थियो

काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिकस्थलको चारकिल्ला तोकी उक्तस्थल वरपर सुर्तीजन्य र पत्रुखानेकुरा बिक्रीमा निषेध गर्न सक्ने कानुनी व्यवस्था छ ।

 

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !