एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

आजभोलि

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन् । समुह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समुह ’बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित ग¥यो । आजको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित ग-यो ।

जेएस स्पोर्ट्स–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले ७ विकेट गुमाएर १८.५ ओभरमा पुरा ग¥यो । क्रिकेट एक्सीलेन्स सेन्टरको लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए भने अर्जुन घर्तिले २२, राज कुमार शाहले २० तथा सचिन लेखकले १९ रन बनाए । जेएस स्पोर्ट्स–११ का बलर साजन बिटालुले ३, विकास सुनारले २ तथा भरत बिस्ट र खगेन्द्र महराले १÷१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको जेएस स्पोर्ट्स–११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट क्षेतीमा १३१ रन बनायो ।

जेएस स्पोर्ट्स–११ को लागि राज बमले अर्धशतकीय योगदान दिने क्रममा ६१ रन बनाए। उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। विकास सुनारले २२, सुनिल चन्दले १६ तथा साजान बिटालुले १४ रन बनाए ।

प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए । मनोज यादवले २ तथा दयानन्द मण्डल र राज कुमार शाहले १÷१ विकेट लिए ।

समुह ’डी’ बाट यस अघिनै तिन वटै खेलमा जितको साथ सत्यवती एकेडेमी समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ । क्रिकेट एक्सीलेन्स सेन्टर दोश्रो चरण प्रवेश गर्न असफल रह्यो जसले ३ खेलमा २ जित र १ हार बेहो¥यो ।

आजको दोश्रो खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई २ रनले पराजित ग¥यो। कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले पुरै २० ओभर ब्याटिंग गर्दै १४७ रन बनायो ।

शारदा सेकेण्डरी स्कुलको लागि दुई ब्याट्सम्यान शंकर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाएता पनि जितको लागि पर्याप्त भएन । शंकरले ४३ बलमा ६ चौका मद्दतले ५० रन तथा सुशान्तले २८ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ५१ रन बनाए। कैलालीको बलिंगमा दिपक कपडेल, लोकेन्द्र खनाल र पारस रोकायाले १÷१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । कैलालीको लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रोशन रावलले २९, लोकेन्द्र खनालले २१ तथा प्रविन सिंह ठकुरीले १५ रन बनाए । शारदा सेकेण्डरी स्कुलका सुनिल बहादुर सिंहले ३, अभिषेक मल्लले २ तथा सुनिल सिंह, विश्वास पन्त र सलिन बोहराले १÷१ विकेट लिए ।

समुह ’बि’ बाट युथ अफ टिकापुर तिन वटै खेलमा जित दर्ता गर्दै सेमीफाइनल प्रवेश गरिसकेको छ । कैलाली मल्टिपल क्याम्पसले तिन खेलमा १ जित मात्र हात पार्न सक्यो भने शारदा सेकेण्डरी तिन वटै खेलमा पराजित भयो ।

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन टिमको टुंगो लागिसकेको छ । समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

सेमीफाइनल पुग्ने अन्तिम टिमको टुंगो बुधबार धनगढी स्पोर्ट्स क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टर बीचको खेल पछि लाग्नेछ । उक्त खेलमा धनगढी स्पोर्ट्स क्लब विजयी भए सेमीफाइनल प्रवेश गर्ने छ भने धनगढी पराजित भएको खण्डमा धनगढी र शुक्लाफांटा ब्ल्याकबक्स बीच नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ । समुह ’ए’ का अन्य दुई टिम कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !