नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनकाे आदेश

आजभोलि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज उच्च अदालतका न्यायाधीश  कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गर्दै खाणलाई धरौटीमा छोड्न आदेश दिएका छन् । पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो ।

त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो । १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए। त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो ।

उक्त मुद्धामा सुक्ष्म तवरबाट अध्ययन गर्दै आएका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अदालतको आदेश सकारात्मक आएको बताए । हाललाई धरौटीमा छोडिए पनि यो नै अन्तिम आदेश नभएको र धरौटीमा बाहिर राखेर पनि पुर्पक्ष हुने भएकोले अदालतको आदेशलाई सकारात्मक मान्नु पर्ने उनको भनाइ छ ।

अन्तिम फैसला आउने बेला सम्ममा दोषी ठहरिए कानूनी सजायबाट उन्मुक्ति नपाउने र दोषी ठहर नभएमा सफाइ दिने विद्यमान कानूनी व्यवस्था भएकोले उच्च अदालतको आदेशको सम्मान गर्नु पर्ने उनले बताए ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !