पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

आजभोलि

रामपुर । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

“पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन”, उनले भने ।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापा बताउँछन् । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ । तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए ।

 

  • ३० मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !