दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि

आजभोलि

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।

नियमित औषधि सेवन गर्नेले बहिरङ्ग सेवाको टिकट लिएर चिकित्सकलाई देखाएपछि मात्रै औषधि खरिद गर्न पाउने गर्दछन् । यसले अत्यधिक भीड हुने गुनासो आएको थियो । स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक भएका कारण बीमाबाट नियमित औषधि लिनुपर्ने बिरामीलाई लक्षित रिफिल काउन्टर सञ्चालन गरिएको डा तिवारीले बताए ।

रिफिल काउन्टर बिहान ७ देखि १० बजेसम्म खुल्ने मेसु तिवारीले जानकारी दिए । यसबाट धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । अस्पतालले एकपटक सिफारिस भइआएका सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः सिफारिस नचाहिने जानकारी गराएको छ । यसअघि पुनः परीक्षणका लागि आउँदा सिफारिस लिएर आउनुपर्ने व्यवस्था थियो ।

भरतपुर अस्पतालमा दैनिक तीन हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने हुने गरेका छन् ।

  • ५ पुष २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !