किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा

आजभोलि

वालिङ । कृषि पेसामा लागेका किसानको समस्या पहिचान गरी समाधान गर्न गल्याङ नगरपालिकाले कृषि प्राविधिकलाई किसानको घरदैलोमा खटाएको छ ।

नगरपालिकाका ११ वटै वडाका गाउँगाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिइएको हो । गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो । किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँका किसान लाभान्वित भएका छन् ।

गाउँगाउँमा रहेका सामान्य किसानलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “गाउँगाउँमा कृषि कर्म गरेर बसेका किसानको समस्याको घरमै पुगेर समाधान गर्ने र उनिहरुलाई नगरपालिकासँग जोड्नका लागि दुई महिनासम्म यो अभियान सञ्चालन ग¥यौँ”, उनले भने, “वास्तविक किसानको पहुँच पालिकासम्म विस्तार गर्न तथा किसानको गुनासो सुन्नका लागि यो अभियान प्रभावकारी रह्यो ।”

एघार वडाका ६१ गाउँका चार हजार एक सय ८७ किसान यो अभियानबाट लाभान्वित भएका छन् । स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनामा सीमित वर्गका व्यक्तिको मात्रै पहुँच पुग्ने तर वास्तविक किसानको पहुँच नगरसम्म नपुगेकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउनका लागि अभियान सञ्चालन गरिएको नगरप्रमुख भट्टराईको दाबी छ । अभियान अवधिमा किसानका समस्या तथा गुनासा गाउँगाउँमै पुगेर टिपोर्ट गरिएको छ । गाउँका किसानको समस्याका बारेमा जानकारी लिएर आएकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने नगरउपप्रमुख हेमा न्यौपाने बताउछन् ।

किसानले गुणस्तरीय बीउबिजनमा पहुँच नभएको, निजी एग्रोभेटबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आइरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनाली बाँदरले क्षति पु¥याउने गरेकोजस्ता गुनासा तथा समस्या जनप्रतिनिधि र कृषि तथा पशु प्राविधिकमाझ राखेका थिए ।

गाउँगाउँमै पुगेर किसानका समस्या तथा गुनासो सुनी उनिहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताए । नगरपालिका कार्यालयले किसानका समस्याको पहिचान गरी समाधान गर्नुका साथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उनले बताए ।

नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा वास्तविक किसानसमक्ष पु¥याउँदै कृषि र पशुपालनमा प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसबाट टाठा बाठा तथा कागज मिलाउन जान्ने गैर किसान निरुत्साहित हुँदै जाने दाबी नगरपालिकाको छ ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !