प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो । जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । बिहीबार खेलेको पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग चार विकेटले पराजित भएको थियो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । जितका लागि एक सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमा समेटियो ।

गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको उत्कृष्ट साझेदारी गरे । अञ्जलीले ५१ रन बनाइन् । उनले ४८ बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् । यस्तै ज्योत्स्निकाले ४० बलमा पाँच चौका र एक छक्कासहित ५० रन बनाइन । यस्तै सुमन खतिवडाले १७ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन ।

बलिङतर्फ कर्णालीकी यमुना थारु र अन्जु गुरुङले दुई तथा रश्मी खड्काले एक विकेट लिइन् । यसैगरी कर्णालीका लागि ९७ रन बनाउने क्रममा गौरी बोहराले २६, यमुना थारुले २१ तथा तृसना विश्वकर्माले १९ रन जोडिन् ।

बलिङतर्फ गण्डकी प्रदेशकी रचना चौधरीले दुई तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले एक एक विकेट लिए । जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि बिहीबार खेलेको पहिलो खेलमा कर्णाली कोशी प्रदेशसँग १० विकेटले पराजित भएको थियो ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !