चवन्न हजारलाई टाइफाइडको खोप दिइने

आजभोलि

जुम्ला । जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।

सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे जिल्लास्तरीय बैठक तथा अन्तक्र्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भने, “जिल्लामा पहिलो चरणमा यही पुस ८ देखि १० गतेसम्म कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान गरिने छ ।”

दोस्रो चरणमा पुस ११ देखि १३ गतेसम्म चन्दननाथ, पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उनले बताए । यसका लागि एक सय २० खोप कार्यकर्ता परिचालन हुने भएका छन् । दुईसय ४० स्वयम्सेवक र तीन सय वटा खोप सेसन रहेका छन् । खोप लगाउन छनोट भएका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालीकोट र सुर्खेत जिल्लामा पनि खोप अभियान सञ्चालन हुने भएको छ । सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेडाइले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुबेलाको खोप पनि दिइने कार्यक्रम छ । खोपका कारण बाल–मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा सेडाइको भनाइ थियो ।

पछिल्लो समयमा टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ । सरकारले राष्ट्रियस्तरमै सञ्चालन गरेको खोप अभियानलाई सफल बनाउनदेखि खोप सञ्चालन हुने स्थानमा शान्ति सुरक्षा कायम गर्न प्रशासन लागिपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख गौरीनन्द आचार्यले जिल्लाका ग्रामीण भेगसम्म रहेका खोप केन्द्रसम्म सहजरूपमा खोप पु¥याउन स्थानीय तहदेखी जिल्लाका सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए । राज्यले जनताका लागि लगानी गरेको खोपलाई सुरक्षितरुपमा व्यवस्थापन गर्न र आमजनताको पहुँचसम्म पुग्नका लागि सचेतनाका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !