जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार

आजभोलि

काठमाडौं । चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ ।

अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । उनलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका छन् तर उनले बाल्यकालदेखि अभिनय सुरु गर्दा चलचित्रमा निर्वाह गर्ने भूमिकाको जीवनशैली बिताएका थिएनन् ।

यद्यपि उनले त्यसलाई कसरी खोजे अथवा बुझे ? अभिनेता हमालले आफूले निर्वाह गरेको चरित्र वा पात्रको ठाउँमा उभ्याएर परिस्थिति र भोगाइ बुझ्ने क्षमता भएमा उक्त जीवन बाच्नु नपर्ने बताए ।

“दश दिन भोको मान्छेको भूमिका निर्वाह गर्दा मैले त्यसरी नै भोको बस्नुपर्दैन, तर मैले उक्त व्यक्तिको परिस्थिति बुझ्नुपर्छ । यही अनुभवमा मैले काम गरेँ, दर्शकले रुचाउनु पनि भयो”, अभिनेता हमालले भने,“मैले सुरुमा व्यक्तिहरू भेट्दा हाम्रै मान्छे हो भन्नुहुन्थ्यो । मेरो निर्वाह गरेको पात्रले मलाई उहाँसँग नजिक बनाएको थियो ।” उनले सुरुवाती दिनमा किसान, मजदुरलगायत विभिन्न व्यक्ति वा वर्गको भूमिका निर्वाह गरे । त्यसलाई दर्शकले रुचाए तर अभिनेता हमालले उक्त जीवनशैली वास्तविक जीवनमा अनुभव गरेनन् ।

यसमा नाटक हुँदै चलचित्रमा आउने अभिनेताको शैली भने फरक छ । गुरुकुल नाटकघरमा अभिनय सिक्ने क्रममा अभिनेता कमलमणि नेपाललगायतले भरियाको चरित्र निर्वाह गर्दा त्यसलाई बुझ्न प्रयोगात्मक शिक्षा नै लिएका थिए । अर्थात् भरिया बनेर बजारमा काम गरेर उक्त पात्रले महसुस गर्ने पीडा, बोल्ने शैली, सामाजिक व्यवहारका बारेमा जानकारी लिएका थिए ।

अभिनेता प्रमोद अग्रहरि नाटकघर र चलचित्रमा व्यस्त कलाकार हुन् । उनले निर्वाह गर्ने भूमिका दर्शकले रुचाएका छन् । आपूmले नभोगेको जीवनलाई पर्दामा प्रस्तुत गर्नु सहज नभएको उनले बताए । मैले जुन भूमिका चलचित्रमा निर्वाह गरेको छु, त्यो वास्तविक जीवन भन्दा धेरै फरक छ । म त्यसलाई लेखिएको पात्रमार्फत समाजमा खोज्ने गर्छु । समाजमा भेटिने त्यस्ता पात्रलाई पर्दामा प्रस्तुत गर्छु”, अभिनेता अग्रहरिले भने । उनले पात्रमा अन्यको प्रभाव पर्ने डरले कम चलचित्र हेर्ने गरेको बताए ।

मुख्यतः चलचित्रबाटै अभिनय प्रारम्भ गरेका र नाटकघर हुँदै चलचित्रमा अभिनय गरिरहेका अभिनेता वा अभिनेत्री पात्रलाई खोज्ने र पर्दामा प्रस्तुत गर्ने शैली भिन्न रहदै आएको छ ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !