इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक

आजभोलि

इक्वेडर । इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् ।

राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाही सुरु गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्को गिरोहसँग घातक मुठभेड सुरु भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो ।

यो संकट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो । फिटो भागेपछि जेलमा दंगा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए । भागेका कैदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गस्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ । अधिकारीहरूले सहरका मुख्य भागमा कर्फ्यु लगाइ जेलहरूमा छापा मारेका छन् ।

पेरुसँगको सीमा नजिक एल ओरोमा शनिबार कैदीहरूसँगको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दक्षिणपश्चिमी माचला कारागारमा ‘सशस्त्र भिडन्त’ भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि ६ वटा सहरका हिरासत केन्द्रमा छापा मारेका थिए ।

ग्वायाकिल कारागारपरिसरबाट शुक्रबार साँझ कम्तीमा पाँच कैदी भागेका थिए र तीमध्ये दुईजनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरू भागेलगत्तै सहरको उत्तरी बाहिरी इलाकामा रहेको विशाल कारागारको वरपर दुईवटा हेलिकप्टर र ड्रोन उडिरहेको देखिएको थियो । इक्वेडरका कुख्यात अपराधीहरूलाई राखिएको कारागारको वरिपरि सैनिकहरूको सहयोगमा दर्जनौं प्रहरी अधिकारीहरू गस्ती गरिरहेका छन् ।

कुनै समय प्रमुख कोकिन उत्पादकहरूको बीचमा अवस्थित शान्तिको किल्ला, इक्वेडर संयुक्त राज्य अमेरिका र यूरोपमा लागुऔषध ढुवानी गर्न यसको बन्दरगाह प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूको वर्षौंको बढ्दो नियन्त्रणपछि संकटमा फसेको छ । करिब एक करोड ७० लाख जनसंख्या रहेको यो देशमा आपराधिक गिरोहका २० हजारभन्दा बढी सदस्य रहेको अनुमान गरिएको छ ।

पछिल्लो आधिकारिक रिपोर्टअनुसार ८५९ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ, २५ जना फरार कैदीलाई पुनः पक्राउ गरिएको छ, पाँच जना ‘आतंककारी’ मारिएका छन् र ५७ जना अपहरित व्यक्तिलाई रिहा गरिएको छ । माचला कारागारमा कैद गरिएको र प्रहरीले पुष्टि गरेको एउटा डरलाग्दो भिडियोमा कैदीहरूको नियन्त्रणमा रहेको कारागारभित्रबाट प्लास्टिकमा बेरेर सडकमा फ्याँकिएको कैदीको शव देखिन्छ ।

पछिल्ला दिनहरूमा पक्राउ परेका संदिग्ध गिरोहका सदस्यहरूलाई उपहास गरिएको, गीत गाउन बाध्य पारिएको, एकअर्कालाई कुटपिट गरेको वा सैनिकहरूले दुर्व्यवहार गरेको अन्य तस्बिरहरू सार्वजनिक भएका छन् ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !