भुटनदेवी मावि मतदान केन्द्रमा १ बजेसम्ममा तीन सय ४७ जनाको मतदान

आजभोलि

काठमाडाैं । हेटौँडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान चलिरहेको छ । बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म तीन सय ३८ जनाले मतदान गरिसकेका छन् ।

बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएअनुसार कुल तीन सय ४७ जना मतदाता रहेकामा अहिलेसम्म तीन सय ३८ जनाले मतदान गरिसकेका हुन् ।

प्रदेश सभा सदस्यतर्फ एक सय १० मध्ये एक सय पाँचजना तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ मतदातामध्ये दुई सय ३३ जनाले मतदान गरेका छन् ।

निर्वाचन अधिकृत सञ्जेलले ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने बताएका छन् ।

फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाको १९ सिटमध्ये बागमती प्रदेशअन्तर्गत अन्य, महिला, अल्पसंख्यक÷अपांगता र दलित गरी चार सिटमा निर्वाचन प्रक्रिया जारी रहेको छ ।

निर्वाचनका लागि सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई तथा माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् भने एमालेका चार, राप्रपाका तीन तथा नेमकिपाका चारजना उम्मेदवार रहेका छन् ।

  • ११ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !