लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

आजभोलि

दाङ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी भएका हुन् । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भए ।

आज (बिहीबार) भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बनेका सुवेदी र सापकोटा विजयी भएका हुन् ।

निर्वाचनमा सुवेदीले ५४३५ र सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९ मतभार प्राप्त गरे ।

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बनेकी विजयालक्ष्मी सिंह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गरेका थिए । बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो ।

  • ११ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !