मौसम : पहाडी भू–भागमा आंशिक बदली

आजभोलि

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनले भने, “देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू–भागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भवना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भवना छ ।”

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर रहेको छ । यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताए । उनका अनुसार काठमाडौँमा वर्षाको सम्भवना नरहेको र काठमाडौँको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !