गाजामा युद्धविरामका लागि प्रयास जारी

आजभोलि

एजेन्सी । हमासले गाजामा युद्धविराम गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग सोमबार पनि वार्ता गरेको छ ।

इजिप्टका सुरक्षा स्रोतहरूले जनाएअनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार ‘उल्लेखनीय प्रगति’ भएको थियो ।

सुरक्षा स्रोतले वार्तामा छलफल भइरहेको र प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० दिनसम्म लडाइँ रोक्ने र ४०० जना प्यालेस्टाइनी बन्दी बराबर वृद्ध र सर्वसाधारणसहित ४० जना इजरायली बन्धकहरूको आदानप्रदानको व्यवस्था मिलाउनेलगायत विषय समेटिएको बताएका छन् ।

प्रस्तावित उक्त सम्झौताले युद्ध प्रभावित क्षेत्रमा दैनिक ६० हजार वटा सार्न मिल्ने घर , १ लाख २० हजार टेन्ट बोकेको ५०० वटा ट्रकको प्रवेश सुनिश्चित गर्नेलगायत विषय समेटिएको बताइएको छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !