गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

आजभोलि

गाजा । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

उक्त सङ्ख्यामा पछिल्लो २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।

इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो ।

“इजराइली सेनाले गरेको कारबाहीमा बिगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,” गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले बताए ।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !