काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ।
लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ।
सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
भोलि सबेरै निर्वाचन आयोगमा दुई दलबीच पछि नयाँ दल दर्ता हुने नेताहरूले जनाएका छन् ।