काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ प्रयोग गरिने मत पत्र छाप्न थालेको निर्वाचन आयोगले जनाएको छ ।
दुई वटा मतपत्र प्रयोगबारे पछिल्लो पटक सर्वोच्चले दिएको आदेशसम्बन्धमा औपचारिक पत्र प्राप्त नभएकोले मत पत्र छाप्न थालेको निर्वाचन आयोगले जनाएको हो।
सर्वोच्च अदालतले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि अलग अलग मतपत्र छपाइको प्रगति विवरण पेश गर्न गत बुधबार भनेको दुई दिनपछि प्रत्यक्ष चुनावतर्फको मतपत्र छाप्न आयोगले शुरू गरेको हो ।
आयोगले समानुपातिक प्रणालीतर्फ प्रयोग हुने १ करोड ७४ लाख मतपत्र छापिसकेको छ ।
सर्वोच्च अदालतले बुधबार प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने कामको प्रगति विवरणको जनकारी गराउन निर्वाचन आयोगलाई भनेको थियो ।