नागरिक अगुवाद्वारा डा. केसीको अनशनमा ऐक्यबद्धताः सुशिला कार्की सहित २१ नागरिक समाज एक ठाउँमा उभिए

आजभोलि

काठमाडौं । १६ औं पटक अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा नागरिक समाजका अगुवा एक ठाउँमा आएका छन् । पूर्व प्रधानन्यायधिश सुशिला कार्की, केदारभक्त माथेमा लगायतका प्रभुद्ध व्यक्तिहरुले डा. केसीको अनशनमा समर्थन गरेका छन् ।

नागरिक समाजद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नागरिक अभियन्ता डा। गोविन्द केसी हाल सत्याग्रहमा रहनुभएको अवस्थाप्रति हाम्रो ध्यानाकर्षण भएको छ।राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा हो। नेपाल सरकारले यसअिघ डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले गरेका प्रतिबद्धता पूरा गर्न पनि माग गरिएको छ ।’

सरकार र जनप्रतिनिधिहरुलाई नागरिक समाजको अपिल

१. नागरिक अभियन्ता डा. गोविन्द केसी हाल सत्याग्रहमा रहनुभएको अवस्थाप्रति हाम्रो ध्यानाकर्षण भएको छ।राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा हो। नेपाल सरकारले यसअिघ डा। केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी हो।

२. पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उहाँकै निवासमा भएका वार्तापछि सम्भव भएको हो। त्यसैले, यो सम्झौताप्रति प्रधानमन्त्रीजीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको हामी स्मरण गराउन चाहन्छौं।

३. हाल संसदीय प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकलाई डा। केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा. केसीको जीवन रक्षा गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गर्दर्छौं।

४. सत्तारुढ दलको संसदीय नेता समेत भएको नाताले प्रधानमन्त्रीज्युले यस अघि आफ्नो निर्देशन बमोजिम डा.केसीसंग भएका सहमति र संझौताका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमा पनि विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

हस्ताक्षरकर्ताः
१.सुशिला कार्की
२.दमननाथ ढुंगाना
३.भैरब रिसाल
४. केदार भक्त माथेमा
५. प्रा डा ध्रुव चन्द्र गौतम
६. प्रा डा अभि सुवेदी
७. राजेन्द्र दाहाल
८. प्रा डा जय राज आचार्य
९. प्रा डा दिल्ली देवी शाक्य
१०. प्रा डा मदन उपाध्याय
११. प्रा डा रमेशकान्त अधिकारी
१२. प्रा डा शेखर गुरुङ
१३. प्रा डा वीरेन्द्र मिश्र
१४. प्रा डा नोबेल किशोर राई
१५. राम दयाल राकेस
१६. प्रा डा सरोज धिताल
१७. डा मधु घिमिरे
१८. डा द्वारिका ढुंगेल
१९. गीता केसरी
२०. खेमराज रेग्मी
२१. वसन्त रञ्जितकार

File photo

  • ३ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !