स्वास्थ्यमा गम्भिर समस्यापछि रातारात डा.केसी आइसियूमा भर्नाः ‘काठमाडौं ल्याउन सरकारले पहल गरेको होइन’

आजभोलि

स्वास्थ्यमा गम्भिर समस्यापछि रातारात डा.केसी आइसियूमा भर्नाः ‘काठमाडौं ल्याउन सरकारले पहल गरेको होइन’

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीलाई राती नै काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौं पुगे लगत्तै टिचिङ अस्पताल महाराजगञ्जको आइसियूमा राखिएको छ ।

मुटुमा गम्भिर समस्या आएर अस्थिर भएपछि उनलाई उपचारको लागि काठमाडौं ल्याइएको हो । उनको आन्दोलनमा समर्थन गर्न इलाम पुगेका पूर्वप्रधान न्यायधिश सुशीला कार्की, केदारभक्त माथेमा, दमन नाथ ढुंगाना सहितको टोलीको आग्रहपछि उनी इलाम छोड्न तयार भएका हुन् । काठमाडौं आएप्छि उनी आफू पहिले अनशन बसेको स्थलमा बस्न चाहेका थिए । समर्थकको आग्रहमा आइसियू भर्ना हुन तयार भएको डा. अभिषेक सिहले जानकारी दिएका छन् ।

सरकारले आफूले पहल गरेको दाबी गरेको भए पनि डा. सिहका अनुसार डा. केसीलाई काठमाडौं ल्याउन सरकारले पहल गरेको होइन। डा। केसीलाई समर्थन गर्न र उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार इलाम पुगेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र डाक्टर सिंहको पहलमा उनलाई काठमाडौं ल्याइएको हो।

डा. केसीलाई इलामबाट भद्रपुर एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइट भिजनबाट ल्याइएको थियो । डा. केसीलाई बिहान ३ बजे काठमाडौं लाइएको थियो ।
उनको अनशन जारी रहेको समेत जनाइएको छ ।

(फोटो डा. अभिषेक सिह । डा. केसीलाई उपचारका लागि नेपाली सेनाको नाइटभिजनबाट काठमाडौं ल्याइदै ।)

  • ४ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !