प्रधानमन्त्रीको बोली र व्यवहारप्रति नेकपाकै बरिष्ठ नेताको असन्तुष्टी

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारप्रति नेकपाकै बरिष्ठ नेताहरुले असन्तुष्टी जनाएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको नाम उल्लेख नगरी सरकारमा रहेकाहरुको बोली र व्यवहार उपयुक्त नहुदाँ सरकारका राम्रा कामहरु पनि ओझेलमा परेको ठहर गरेको छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा नेकपाका बरिष्ठ नेता युवराज ज्ञवालीले भन्नु भयो, “कतिपय नेताहरुको बोली र व्यवहारले सरकारका राम्रा कामहरुलाई पनि ओझेल पारेको छ ।”

नेताहरुले बोल्दा र व्यवहार गर्दा आफ्नो पद र जिम्मेबारीलाई ख्याल गरेर गर्नु पर्नेमा नेता ज्ञवालीले जोड दिनुभयो । उहाँले प्रधानमन्त्री ओली लगायतका नेताहरुलाई सुझाव दिदै भन्नुभयो, “नेताहरु बोल्दा गम्भीर हुने, कम बोल्ने र विचार गरेर मात्रै बोल्ने गर्नुपर्दछ ।”

नेताहरुको बोली र व्यवहारका बारेमा गम्भीर समिक्षा आवश्यक भएको जोड दिदै उहाँले यसलाई पार्टी भित्रको ठूलो समस्याको रुपमा व्याख्या गर्नुभयो । भेनेजुएला प्रकरणका बारेमा पार्टीका दुई अध्यक्ष मध्ये प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको बोली बाझीएपछि उहाँले बिचार पुर्याएर बोल्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको जिब्रो चिप्लीएर भेनेजुएलाको बारेमा बोलेको बताएको केही घण्टापछि अध्यक्ष प्रचण्डले आफ्नो जिब्रो नचिप्लीएको र जो बेलेको छु त्यसमा अडिग रहेको स्पष्टोक्ती दिनुभएको थियो ।

नेता ज्ञवालीले प्रधानमन्त्री ओलीको अभिव्यक्ति पार्टी सचिवालयले जारी गरेको वक्तव्य भन्दा बाहिर रहेको भन्दै त्यसरी बोल्नु गलत भएको बताउनु भयो । उहाँले भन्नुभयो, “सचिवालयको वक्तव्य नै आधिकारीक हो, प्रधानमन्त्रीको भनाई र अर्का अध्यक्ष प्रचण्डजीको भनाई के छ भन्ने कुरा गौण हो ।” जिम्मेबार नेताहरुले व्यक्तिगत रुपमा जे मन लाग्छ त्यही बोल्न नहुने भन्दै उहाँले पहिला जे मन लाग्छ त्यही बोल्ने अनि त्यसैलाई ठिक भनेर दावी गर्ने प्रबृत्तिले समस्या बढ्दै गएको तर्क गर्नुभयो ।

  • २५ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !