प्रधानमन्त्रीको गृह जिल्लामा योजनै-योजना !

आजभोलि

प्रधानमन्त्रीको गृह जिल्लामा योजनै-योजना !

दमक । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गृहनगर दमकमा भने अनेकौँ योजना केन्द्रीत गरिएका छन् ।

राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।

दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा अद्यौगिक क्षेत्र निर्माण अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निमार्ण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन कार्य भइरहेको छ । यो समाचार अर्जुन राजवंशीले कान्तिपुरमा लेखेका छन् ।

  • २६ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !