ओली सरकारले भ्रष्टचार र बेथितीको जग बसायो : वरिष्ठ नेता पौडेल

आजभोलि

ओली सरकारले भ्रष्टचार र बेथितीको जग बसायो : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार समृद्धिको नभई भ्रष्टचार, बेथिती र विसंगतिको जग बसालेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको बताए । तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेस वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने स्पष्ट पारे ।

पौडेलले भने, ओली जीले सरकारले समृद्धिको जग बसाएको छ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुकमा अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितीको बाटोमा अघि बढेको छ ।’

वरिष्ठ नेता पौडेलले कांग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सम्पुर्ण नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए । उहाँले कांग्रेसले महासमितिबाट पास भएको विधानले निमुखा कांग्रेस कार्याकर्ता तथा अवसर नपाएका कार्याकर्तामाथि न्याय गर्ने आश्वसन दिए ।

पौडेलले विगतमा आफु बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपरेका कारण जिल्लामा समय दिन नसकेको स्वीकार गर्दै अब मुलुकको राजनीति मुद्दा टुंगो लागेका कारण फुर्सद भएकाले जिल्लामा समय दिने प्रतिवद्धता जनाए ।

पौडेलले भने, हिजोका दिनमा बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुप¥यो । संविधान बनाउन सदनमा बढि व्यस्त भएर आउन सकिन । अब तनहुँलाई समय दिन्छु ।’

पौडेलले लोकतान्त्रीक संविधान निर्माणका लागि आफुहरुले ठूलो लडाई लड्न परेको उल्लेख गर्दै वीपी कोइराला, सुर्वणशम्सेर गणेशमान जी, किसुनजीहरुको २००७ सालदेखिको संविधानसभा मार्फत संविधान बनाउने सपना आफुहरुले पूरा गरेको बताए । ।

पौडेलले भने, संविधान बनाउने क्रममा राष्ट्रलाई छिन्नभिन्न बनाउने प्रयास भएको थियो । त्यो कांग्रेसले रोक्यो । संविधान बनेपछि आम चुनाव कांग्रेसले गरायो । संविधानसंग असहमति राख्ने शक्तीलाई संविधानको दायारामा ल्यायौ तर चुनावमा कांग्रेस हा¥यो

  • ६ फाल्गुन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !