प्रदेशसभालाई प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधनः ‘कृषि र पर्यटन विकासले सुदूरपश्चिमको काँचुली फेर्छ’

आजभोलि

प्रदेशसभालाई प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधनः ‘कृषि र पर्यटन विकासले सुदूरपश्चिमको काँचुली फेर्छ’

कैलाली । सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनमा जोड दिनु पर्ने बताए । उनले सुदूरपश्चिम प्रदेशमा विकासका सम्भावना प्रशस्त रहेका छन् । काम गर्नमा तत्परता आवश्यक रहेको बताए ।

उनले भने सुदूरपश्चिममा पर्वतारोहण, पदयात्रा, मन्दिर–तीर्थस्थल, शुक्लाफाँटा आरक्ष आदिमा पर्यटकको आकर्षण छ । महाकाली, कर्णाली र सेती नदीबाट विद्युत् र सिँचाइको सम्भावना छ । औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउनेछन् तर जग्गाको सहजता मिलाइदिनुहोला ।

सुदूरपश्चिम प्रदेशमा खान लाउन नपुग्ने कुनै कारण नभएको बताउँदै उनले तीव्र विकासको सम्भावना तपार्इंकै हातमा छ, यहाँ सम्भावना भएको केराखेती, फलफूलखेती बढाऔं, कृषि वन विकास गरौं । त्यसलाई बढाऔं फलफूलको उत्पादन निर्यात गर्न सकिन्छ, कानूनी जटिलता फुकाउन र आवश्यक बजेट व्यवस्था गर्न स्थिर सङ्घीय सरकार तपाईँको साथमा छ ।

उनले सुदूरपश्चिम प्रदेशसभालाई करीब दुई घण्टा सम्बोधन गरेका थिए । उनको अधिकांश समय अर्ति उपदेशमै वितेको थियो।

File Photo

  • ८ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !