सिके राउत साधारण तारिकमा रिहा

आजभोलि

काठमाडौं । सर्वोच्च अदालतले सिके राउतलाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको छ । उनी विगत एक दशकदेखि मधेशमा संकास्पद कृयाकलाप गर्दै आइरहेका छन् । उनी मधेशलाई अलग देश बनाउने कार्यमा लग्दै आएका छन् ।

बिहीवार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका छन् ।

रौतहट जिल्ला अदालतले उनलाई राज्यविरुद्ध संगठित कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यति बेला पनि जिल्ला अदालतको आदेशलाई सर्वोच्चले द्दर गर्दै साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो ।

काठमाडौँस्थित केन्द्रीय कारागारमा रहेका उनलाई रिहाइका लागि प्रकृया अगाडि बढेको प्रहरी प्रशासनले जनाएको छ । अब उनी सर्वोच्चमा साधारण तारिकमा उपस्थित हुनेछन् ।

उनीमाथि मधेशमा हिंसात्मक गतिविधि गरेको तथा राष्ट्रद्रोह गरेका लगायतका आरोप लागका छन् । र, उनी बिरुद्ध अहिले पनि प्रहरीमा उजुरी रहेकाले उनी फेरी पक्राउ पर्न सक्ने अवस्था रहेको छ ।

  • २३ फाल्गुन २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !