नेकपा बिरुद प्रहरीको सर्च-अप्रेशन : विप्लवका मध्यकमाण्ड वलीसहित ९ जना पक्राउ

आजभोलि

काभ्रे । नेपाल प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मध्यकमाण्ड तथा इन्चार्ज हेमन्त प्रकाश वलीलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको स्पेशल टास्कफोर्सले उनी सहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको जनाएको छ । यस अघि सरकारले बिध्वंसात्मक कार्यमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रहरीकाले दिएको जानकारी अनुसार उनलाई खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभ्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा १७ च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ जनाएको छ। प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अप्रेशनका क्रममा पक्राउ गरेको हो।

अन्य पक्राउ पर्नेमा पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन्।

वली फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोटको जिम्मेवार भन्ने पक्राउ गरेको प्रहरीले जनाइएको छ । उनले उक्त घटनाको जिम्मेवारी लिएको प्रहरीले जनाएका छन् ।

नेपाल प्रहरीले वलीको खोजी कार्य तिब्र गरिरहेको थियो । नेपाल प्रहरीले देशभरीबाट लगभग ४ सय ५० भन्दा बढी विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

  • ९ चैत्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !