चैत महिना भित्र विप्लवका गतिविधि नियन्त्रण गर्ने प्रधानमन्त्रीको दाबी

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिसक्ने बताए ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

वहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समुहका अतिविादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ, प्रधानमन्त्री ओलीले भने । विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने,मान्छे मार्ने अनि अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ ।


प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ ।

तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस प्रधानमन्त्री ओलीले साँसदहरुसँग भन्नुभयो । जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस ।

नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले साँसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताए । तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे । केन्द्रमा एकिकरण भएको महिना दिन भित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ । प्रधानमन्त्री ओलीले भन्ने तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकतामका सबै काम टुंगिन्छन् ।

प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको बताउनुभएको छ । नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताए । देशमा नेकपा जस्तो स्पष्ट नीति, लक्ष्य भएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली प्रधानमन्त्री ओलीले, यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।

File photo

  • ११ चैत्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !