बझाङमा भारी हिमपातः जनजीवन कष्टकर, किसानमा खुशीयाली

आजभोलि

सुनकुडा । मौसममा एकाएक आएको परिवर्तनले बझाङका उच्च हिमाली भूभागमा हिमापात शुरु भएको छ । हिजो रातीदेखिको अविरल पानी परेपछि हिमपात शुरु भएको स्थानीले बासिन्दाले जानकारी दिएका छन् । बझाङका स्याडी, देउलेख, सुनुकडा, ज्यापन, बुंगल, भामचौर, काडा लगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ ।

हिमपातसँगै जनजीवन कष्टकर बनेको छ । स्थानीय यातायता संचालनमा कठीनाई उत्पन्न भएको छ । हिमपातसँगै विद्यालयको पढाईमा समेत समस्या उत्पन्न भएको छ ।

स्थानीय किसानले भने यो पटक समयमै पानी परेकाले हिउदे बालीमा राम्रो हुने भन्दै खुशी व्यक्त गरे । उच्च लेकाली भागमा आलू लगायतका बाली मध्यपहाडी भागमा गहु जौ लगायतका बाली सप्रिने उनीहरुको भनाई रहेको छ । यसले उत्पादनमा बृद्धि हुनेमा स्थानीय ढुक्क देखिन्छन् ।

बझाङसँगै वैतडी, डडेल्धुरा, डोटीमा पनि भारी हिमपात भइरहेकाले लामो दुरीका यातायतामा कठीनाई संचालन रहेको डडेल्धुरा प्रहरीले जनाएको छ । केही बस तथा ट्रकहरु हिमपातका कारण बाटोमा अलपत्र परेको जनाईएको छ । साथै, कयौ यात्रु अलपत्र परेको स्थानीय व्यवसायीले जनाएका छन् ।

मौसम विभागका अनुसार अझै तीन चार दिन थप पानी पर्न सक्ने जनाएको छ । मौसम चिसिदै गइरहको र हिमपात जारी रहेका बझाङ लगायतका हिमाली जिल्लामा जनवीवन अझ प्रभावित देखिन्छन्

  • २७ मंसिर २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !