प्रचण्ड तुरूप : ओलीको अध्यक्ष या प्रधानमन्री पद त्याग

आजभोलि

गोपीकृष्ण भट्टराई

सत्तारूढ दल नेकपामा उपसभामुख शिवमायाको अडान सतहमा पेचिलो बनेको देखिएपनि त्यसको भित्र भने अरू नै केही पाकी रहेको देखिन्छ ।

बाहिर सभामुख पद पूर्व एमाले की पूर्व माओवादी भनेपनि भित्री विवाद प्रधानमन्री केपी शर्मा ओलीमा गएर ठोकिएको छ । यसको भित्री कारण प्रधानमन्त्री ओली प्रधानमन्री पदमै रहिरहने वा प्रधानमन्री पद त्यागेर पार्टी अध्यक्ष बन्ने विवाद नै हो।

पूर्व माओवादीका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्री र अध्यक्ष मध्ये एक पद त्याग नै अहिलेको वास्तविक विवाद हो ।

पुष्पकमल दाहाल प्रचण्ड सधै शक्तिकेन्द्रमा रहिरहने स्वभावका छन् । विगतको उनको इतिहासले यसकुरा सावित गर्छ । उनको यहि स्वभावका कारण पूर्व सभामुख कृष्णबहादुर महरा काण्डमा प्रधानमन्री ओलीको कदममा साथ । 

एमसीसीको प्रस्ताव संसदमा पेश नगरेका कारण अोली महराप्रति क्रद्द थिए भने महराको बहिर्गमन बिना अाफू शेरोमोनियल अध्यक्षबाट शक्ति केन्द्रमा पुगिन्न भन्ने प्रचण्डको ठहराई । महराकाण्डमार्फत प्रचण्डले एक तिरले दुइ निसाना लगाएका छन् । एक ओलीको निर्णयमा होमा हो गर्दै ओलीको विश्वास जितेर र अर्को महराको बहिर्गमन पश्चात् सभामुख चयन मार्फत अोलीलाई प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद त्याग गर्न बाध्य पार्ने वातावरण सृजना गरेर ।

प्रचण्डले उपसभामुख शिबमाया तुम्बाहाङ्फेको राजिनामा दिनुपर्छ भनेतापनि उपसभामुख तुम्बाहाङ्फेलाई भित्रभित्रै पद त्याग नगर्नको लागि लविङ गर्दै आएको देखिन्छ ।

पार्टी एकिकरणको समयमा सभामुख पद पूर्व माओवादीलाई परेको थियो । सभामुखबाट कृष्णबहादुर महराको बहिर्गमनपछि पार्टी एक भइसकेको अवस्थामा भागबण्डा होइन सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्छ भन्दै पूर्व एमालेको एक पङ्ती लागि परेको छ । तर पूर्व माओवादी सभामुख पद आफ्नो भाग हो भन्दै अड्डि कसेको छ ।

माओवादीले सभामुख पदपनि छाडे संबैधानिक पदमा पूर्व एमालेकै बाहुल्यता हुने हुँदा सभामुख चयनकै समयमा प्रधानमन्री केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्री पद त्याग गर्न बाध्य बनाउने रणनीतिमा प्रचण्ड लागेका छन् । जसको तुरूपमा वर्तमान उपसभामुख तुम्बहाम्फेलाई भित्रभत्रै पद त्याग नगर्नको लागि ब्याकअप ।

उपसभामुख शिबमाया तुम्बाहाङ्फेले सभामुख पदमा दाबी गर्दै आएकी छन्। महिला भएका कारण उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेको देखिन्छ। जुन प्रचण्डको  रणनीतिका लागि सकारात्मक बनेको छ ।यस्तो अवस्थालाई प्रचण्डले राम्रोसँग विश्लेषण गरेका छन् ।

उता ओलीसँग पानी बाराबरको अवस्थामा रहेका माधवकुमार नेपालपनि ओलीलाई तह लगाउने उचित समयको प्रतिक्षामा थिए । अध्यक्ष वा प्रधानमन्त्री एक पद त्याग गर्न बाध्य बनाएर अोलीलाई साइजमा ल्याउन नेता नेपाल चाहन्छन् ।

सभामुख चयनको विषयलाई लिएर भएको विवादलाई नेता नेपालले ओलीलाई साइजमा ल्याउने उचित समय ठानेका छन् । त्यसैको परिणाम हो पछिल्लो पटक दाहालले अध्यक्षका हैसियतमा गत साता माधव नेपाल, बामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताको बैंठक बोलाएको छलफल । जुन बैंठकबाट नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली झस्किन पुगेको बुझिन्छ ।

यहि बैंठक पश्चात प्रचण्डलाई एकल अध्यक्ष बनाए सभामुख पद छोड्न सकिने भनाई पूर्व माओवादीबाट आएको हो । प्रचण्ड निकट नेता हरिबोल गजुरेलले प्रचण्डलाई एकल अध्यक्ष बनाएर अघि बढेमा सभामुख पद छाड्न सकिने बताउनुले यस कुराको पुष्टी गरेको छ ।

  • २९ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !