सभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाई नहुने, प्रधानन्याधिशले गठन गरेनन् संवैधानिक इजलासको गठन

आजभोलि

काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्धको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबार सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार संवैधानिक इजलास गठन नगरेपछि सापकोटा विरुद्धको मुद्दामा सुनुवाई नहुने भएको हो ।

यसअघि नै माघ २२ गते अर्थात बुधबार सापकोटाविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई हुने गरी प्रधानन्यायाधीश जबराले पेशी तोकेका थिए । तर बुधबार उनले संवैधानिक इजलास नै गठन गरेनन् ।

संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतका वरिष्ठतम पाँच न्यायाधीशको बेन्चमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था रहेको छ । बुधबार सर्वोच्च अदालतमा ९ जना वरिष्ठतम न्यायाधीश उपस्थित छन् । संवैधानिक इजलासलाई थप बलियो बनाउने भनि अनिवार्य पाँचसहित थप ६ जनासम्म वरिष्ठतम न्यायाधीशलाई राख्न मिल्ने गरी न्याय परिषदले कानूनी बाटो फुकुवा गरेको छ ।

तर बुधबार ९ जना न्यायाधीश उपस्थित हुँदा पनि प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन नगरेका हुन् । सामान्यतया बुधबार र शुक्रबार संवैधानिक इजलास गठन गर्ने व्यवस्था छ ।

यसअघि गएको असार २५ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा उजुरी परेको वा नपरेको यदि परेको भए सो को प्रतिलिपि उपबलब्ध गराउन आदेश दिएको थियो ।

त्यसपछि गएको अशोज २९ गतेका लागि सो मुद्दाको अर्को पेशी तोकेका थिए तर हेर्न नभ्याइने भनेर हटाइएको थियो । काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनीकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते दायर गरेको कर्तव्य ज्यान मुद्दामा अन्तिम सुनुवाई सुरु भएको हो ।

२०६२ वैशाख १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।

  • २२ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !