सेनामा शक्तिशाली गुप्तचर विभाग बनाउने विधेयक संसदमा

आजभोलि

काठमाडौं । सरकारले शक्तिशाली र व्यवस्थित सैन्य गुप्तचर विभाग बनाउने विधेयक संसदमा दर्ता गराएको छ । 

रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेको हो । सो प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयको राय सुझावपछि विधेयक संसदमा सरकारले दर्ता गराएको हो।

यसअघि उक्त मस्यौदा संविधानसँग बाझिएको भन्दै कानुन मन्त्रालयले फिर्ता गरिदिएको थियो। त्यसमा केही सुधारसहित पठाएको उक्त मस्यौदा अहिले संसद्मा दर्ता भएको छ। 

लोकतान्त्रिक सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लागिरहेकै समयमा सेनाभित्र सञ्चालित साविकको सैनिक गुप्तचर निकायलाई पुनः संरचना गर्दै व्यवस्थित गर्ने भन्दै विभागको स्वरूप दिन संसद्मा लगेको हो। सेनाभित्र रहेको गुप्तचरी कार्य गर्ने इन्टेलिजेन्स हुँदाहुँदै कानुनमार्फत विभाग गठनको प्रयासबारे आम आशंका व्यक्त भइरहेको छ। रक्षासचिव रेश्मीराज पाण्डेले उक्त मस्यौदा संसद्मा दर्ता भएको र यो कुनै आशंका गर्न पर्ने प्रकारको नभएको बताए।

‘सेनाभित्र डाइरेक्टोरेट जनरल अफ मिलिटरी इन्टेलीजेन्स (डीजीएमआई) ले अध्ययन÷अनुसन्धान गर्दै आइरहेको छ । त्यसलाई नै थोरै परिमार्जन र व्यवस्थित गर्न लागिएको हो। न दरबन्दी थप हुने हो न त बजेट नै बढ्ने हो,’ पाण्डेले भने। दुई वर्षअघि डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डीएमआई) बाट डीजीएमआईमा विस्तार भएर काम गरिरहेको उनको भनाइ छ। 

‘यो मस्यौदा पास भएर आएमा विगतमा सेनाले जे जसरी काम गरेको छ त्यसैगरी गर्ने हो तर अलिक व्यवस्थित हुन्छ’, सचिव पाण्डेले भने। यसबाहेक अन्य कुनै कुरा मस्यौदामा नरहेको दाबी उनको छ। 

प्रधानमन्त्री केपी ओलीले गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकेका छन्। त्यहीअनुरूप सेनाको गुप्तचरी विभाग पनि मस्यौदा बनेर आएपछि आफूअन्तर्गत लैजाने हुन् कि भन्ने आशंका छ। अहिले प्रधानसेनापति मातहतमै त्यो विभाग रहन्छ।

  • २५ माघ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !