एकदिवसीय त्रिकोणात्मक क्रिकेटमा नेपालको शानदार जित

आजभोलि

आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ ।

बुधबार भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको हो ।

। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछयाएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गरेको थियो । सुरुआती दुई ओभरमा आफ्नो दुई विकेट गुमाएको नेपालका लागि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्का र दिपेन्द्र सिंह ऐरीले जित दिलाएका हुन् । नेपालका लागि पारसले २० रन बनाउँदा दिपेन्द्रले १५ रन बनाए ।

बलिङतर्फ अमेरिकाका लागि नोथुस किनजिले दुई विकेट लिएका थिए । यसअघि अमेरिका ३५ रनमा नै अल आउट भएको थियो । एकदिवसीय क्रिकेटको सबै भन्दा कम रन बराबरी गर्नै क्रकमा अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाइको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए ।
०००

  • २९ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !