मछिन्द्र क्लब बन्यो ए डिभिजन च्याम्पियन

आजभोलि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को च्याम्पियन मछिन्द्र क्लब भएको छ । 

दशरथ रंगशालामा भएको आजको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोलका कारण मछिन्द्र पहिलो पटक लिगको उपाधी चुमेको हो । 

लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेसँगै च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यस सिजन १ अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो । मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोडेका थिए । 

आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसंग अन्तिम खेलमा पराजित हुादे उपाधिबाट बन्चित भएको थियो ।

मछिन्द्रले यस सिजन हिमालयन शेर्पा क्लबसंग मात्र हार बेहोरेको थियो ।

खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको थियो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।

दोस्रो हाफमा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्र बाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए ।

६७औं मिनेटमा आर्मीले अवसर सदुपयोग गर्न सकेन । टंकबहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

आर्मीका फरवार्डहरु मछिन्द्रको कम्प्याक्ट डिफेन्स तोड्न असफल रहे ।

ईन्जुरी टाईमको पहिलो मिनेटमा आर्मीका विकास तामाङको प्रहार मछिन्द्रका विशाल राईले गोललाईनबाट क्लियर गर्दै मछिन्द्रको संकट टारेका थिए ।
निलम्बन अवधी सकाएका विमल घर्ती मगरले मछिन्द्रबाट खेलेका थिए । उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

  • ३ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !