काव्यको अभिभावक दिवसमा नगदसहित शिक्षकहरु सम्मानित

आजभोलि

काठमाडौं । ‘विद्यार्थीलाई गृहकार्य नदिने’ विद्यालयको रुपमा परिचित काव्य स्कुल नयाँबानेश्वरको एघारौंैं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथै विद्यालयमा १० वर्षदेखि सेवारत शिक्षक र कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा नेपाल स्काउटका निवर्तमान तदर्थ समितिका सदस्य एवम् स्काउट गुरु देवदुत अधिकारी, शिक्षकत्रय ठमनाथ लम्साल, सविना श्रेष्ठ र कैलाश राई, नवौं दक्षिण एशियाली खेलकूद सागमा स्वर्ण पदक विजेता विजय सिंजालीका साथै कर्मचारीद्वय रवीन्द्र थापा र भगवान खत्री छन् ।

उनीहरुलाई प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले जनही नगद १० हजार, ताम्रपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए ।

सोही अवसरमा विद्यालयको सुलोचना सदनलाई उत्कृष्टताको ट्रफि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गौतमले नेपालको शैक्षिक विकासमा काव्य स्कुलले पुर्याएको योगदानको चर्चा गरे ।

विद्यालयका संस्थापक निर्देशक धर्मेन्द प्रकाश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यालयको १० वर्षे प्रगती विवरण प्रस्तुत गर्दै काव्य स्कुलका सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन अव्वल र सक्षम बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

त्यस अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको साथै कराँतेका कला पनि प्रस्तुत गरेका थिए ।

  • ५ फाल्गुन २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !