प्रचण्डले गरे खुलासा, ‘नेकपा विघटनतिर उन्मुख’

आजभोलि

वीरेन्द्रनगर। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनतिर जाने खतरा रहेको खुलासा गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजना भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन्।

उनले भने, ‘पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा छ।’

पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने भन्दै उनले पार्टी विघटन गराउन कसरत धेरैले गरेको बताए। ‘पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन्।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ।’

‘बैंठक टार्ने हिसाबले बैठक बस्दैन,’ प्रचण्डले भने, ‘सबैको विचार सुन्ने गरी बैंठक बस्छ।’ यहाँ बैंठक टार्ने र झमेला लाग्ने गरी बैंठक बस्ने गरेको भन्दै उनले त्यो बैंठक नभइ गुटको गलत कार्यशैली भएको बताए।

कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्ति बदलेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए। पार्टी विधि र प्रक्रियाबाट चलाउने भन्दै उनले अब पार्टी र पार्टीका जनवर्गीय संगठनको नियमित बैठक बस्ने जनाए।

‘समस्या पर्‍यो भने बैठक बस्नुपर्छ,’ उनले भने, ‘विचार र भावना सही छ भने स्वीकार गर्ने र स्वीकार्न सकिन्न भने कन्भेन्स गरेर विचार सुन्छौं।’

  • ६ फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !