नेकपाको कार्यदलको निष्कर्ष ‘यथास्थितिमा एमसीसी पारित गर्नहुन्न’

आजभोलि

काठमाडौँ।  नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष निकालेको छ।

कार्यदलले नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त निष्कर्षसहित प्रतिवेदन शुक्रबार बुझाएको हो। कार्यदलले अध्ययनका २० दिन लगाएर प्रतिवेदन तयार पारको हो । 

कार्यदलले यो निष्कर्ष निकाले पनि प्रधानमन्त्री ओली र कार्यदलको सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदलको काम अध्ययन गर्ने मात्रै भएको, संसदबाट पेश भइसकेको एमसीसी सभामुखले टेबल गरेको दिन पास हुने बताएर कार्यदलको औचित्य समाप्त भएको सन्देश दिइसकेका छन्।

एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अंग भएको र यथास्थितिमा एमसीसी पास गर्न नहुनेमा नेकपाका केही नेताहरूले विरोध र अडान लिएपछि त्यसबारे स्पष्ट हुन नेकपाको केन्द्रीय कमिटीले कार्यदल गठन गरेको थियो।

  • ९ फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !